दोलखा पोखरा मिलन समाजमा नयाँ नेतृत्व, खड्का अध्यक्षमा चयन

Share:

पोखरा । दोलखा स्थायी ठेगाना भई पोखरालाई कर्मथलो बनाउँदै बसोबास गर्दै आउनुभएका सम्पूर्ण दोलखालीहरूको साझा संस्था दोलखा पोखरा मिलन समाजले आफ्नो १२औँ अधिवेशन तथा २४औँ साधारण सभा सम्पन्न गरेको छ। अधिवेशनले धन बहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षकमा लबहादुर बस्नेत, सचिवमा रामजी भण्डारी तथा कोषाध्यक्षमा महेन्द्रबहादुर जिरेल रहेका छन्। यस्तै सदस्यहरूमा देवकुमार श्रेष्ठ, शम्भु भण्डारी, गीता श्रेष्ठ, सुलोचना कार्की तथा अम्बिका भण्डारी रहेका छन्।

समितिका बाँकी दुई सदस्य भने पछि मनोनयन गरिने अध्यक्ष धन बहादुर खड्काले जानकारी दिए।कार्यक्रमको उद्घाटन थ्री सिस्टर्स एड्भेन्चर्स ट्रेकिङकी कार्यकारी निर्देशक तथा अग्रणी पर्यटन व्यवसायी लक्की कार्कीले गरेका थिए।

उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले तीज पर्वजस्ता सांस्कृतिक महत्वका पर्वहरूलाई महिला सशक्तिकरणको माध्यम बनाउँदै, समानता र न्याय स्थापनामा योगदान दिनुपर्ने धारणा व्यक्त गरे। साथै, यस्ता कार्यक्रमहरू शुभकामना आदान-प्रदानसँगै सामाजिक एकता र सद्भाव बढाउने अवसर पनि भएको उनले गरे।

कार्यक्रममा बालकृष्ण श्रेष्ठ, पेमडोमा शेर्पा, मानबहादुर थापा, तथा अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पौडेलले समेत शुभकामना मन्तव्य व्यक्त गरे। अध्यक्ष धन बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थामा निरन्तर सहयोग र सेवा पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, तीजको अवसरमा शुभकामना आदान-प्रदानसहित चेलीबेटी भेटघाट कार्यक्रम समेत आयोजना गरिएको सचिव रामजी भण्डारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: