तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी, ढिकी-जातो प्रतियोगिता सुरु

Share:

पोखरा । पोखराको पातालेछाङ्गको टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्तर्गत सोमबारदेखि ढिकी-जातो प्रतियोगिता सुरु भएको छ। हाम्रो संस्कृति, हाम्रो पहिचान-लोपोन्मुख संस्कृतिको संरक्षण हाम्रो अभियान भन्ने नारासहित सुरु भएको महोत्सव पोखरा महानगरपालिका-१ मा रहेको इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा तथा विद्युतीय सवारी निर्माता कम्पनी बीवाइडीको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको हो।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा उपसभामुख विना कुमारी थापाले गरेकी थिइन्। प्रतियोगितामा एक समूहमा पाँच जना सहभागी रहने छन्। प्रतियोगीले आयोजकले दिएको एक पाथी धानलाई ढिकीमा कुट्ने, त्यसबाट भूसी छुट्याएर चामल निकाल्ने र त्यस चामललाई जातोमा पिसेर पिठो बनाउनुपर्नेछ। यो कार्य गर्न प्रत्येक समूहलाई २५ मिनेटको समय दिइनेछ। निर्णायक आधारमा सबैभन्दा बढी पिठो बनाउने समूह विजेता घोषित हुनेछ।

नगद पुरस्कारको व्यवस्था

प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीका अनुसार विजेता समूहलाई १२ हजार ५ सय ५५ रुपैयाँ दोस्रो हुनेलाई ७ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। महोत्सव अन्तर्गत मंगलबारदेखि एकल नृत्य प्रतियोगिता र बुधबारदेखि छेलो हान्ने प्रतियोगिता सञ्चालन हुने सचिव दुर्गाप्रसाद अधिकारीले जानकारी दिए। यी दुवै प्रतियोगितामा पनि प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमश : १२ हजार ५ सय ५५ रुपैयाँ दोस्रो हुनेलाई ७ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।

तीज गीत प्रतियोगिता जारी

आईतबारदेखि सुरु भएको तीज गीत प्रतियोगिता सोमबारसम्म ११ टोली सहभागी भइसकेका छन् भने प्रतियोगिता बुधबारसम्म चल्नेछ। प्रथम हुने टोलीलाई ३५ हजार ५ सय ५५ रुपैयाँ दोस्रोलाई २० हजार ५ सय ५५ रुपैयाँ तेस्रोलाई १० हजार ५ सय ५५ रुपैयाँ सान्त्वनालाई ५ हजार ५ सय ५५ रुपैयाँ र उत्कृष्ट भेषभूषा तथा नृत्यका लागि ३ हजार ५ सय ५५ नगद पुरस्कार प्रदान गरिनेछ।

१० दिने महोत्सवमा १५० वटा व्यापारिक स्टल, १२ वटा रेस्टुरेन्ट स्टल, बाल उद्यान र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालनमा छन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति दैनिक रूपमा भइरहेको छ। अध्यक्ष भानुभक्त अधिकारीका अनुसार, टुँडिखेल क्षेत्रको संरक्षण, मौलिक नेपाली कला र संस्कृतिको प्रवर्द्धन, महिलाहरूको सशक्तिकरण, आन्तरिक पर्यटनको प्रवर्द्धन, इन्द्रेणी आवासीय भवनलाई सुविधासम्पन्न बनाउने, शवयात्रा वाहन सञ्चालनको तयारीलगायत उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो।

प्रायोजक तथा सहयोगी संस्था

सह-प्रायोजकस् टुबोर्ग वियर, गृहलक्ष्मी ग्यास, कर्मा इन्टरनेशनल इम्प्लोयमेन्ट प्रालि
अन्य प्रायोजकहरू: बाल्ट्रा होम एप्लायन्सेस, राष्ट्रिय वाणिज्य बैंक, सालिको इन्स्योरेन्स
विशेष सहयोगी: राष्ट्रिय माध्यमिक विद्यालय

संस्थागत प्रवर्द्धकस् गण्डकी प्रदेशका सामाजिक विकास र पर्यटन मन्त्रालयहरू, पोखरा महानगरपालिका, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाहरू, पोखरा-१, २, ३ वडा कार्यालयहरू

अन्य सहयोगीहरू: गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड, गरिमा विकास बैंक, गौतम स्याङ्जा सुनचाँदी पसल, प्रतिभा मावि, पराजुली आयल स्टोर, कवँर हाडवेयर, लान्द्रेक पेट्रोलियम, पोखरा इन्टरनेट, निची वेबी, आदि।

कमेन्ट गर्नुहोस्
Share: