इक्यान कास्कीले मानव सेवा आश्रममा २९औं स्थापना दिवस मनायो

Share:

पोखरा। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले संस्थाको २९औं स्थापना दिवस ‘इक्यान डे’ को अवसरमा सामाजिक उत्तरदायित्व स्वरूप मानव सेवा आश्रम, हेमजामा आश्रित वृद्धवृद्धालाई खाना खुवाएर मनाएको छ।

२९ वर्षअघि भदौ १३ गते स्थापना भएको इक्यानको स्मरणमा देशभरका शाखाहरूले शुक्रबार विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेका छन्। पोखरामा इक्यान कास्कीले मानव सेवा आश्रममा पुगेर आश्रमका बृद्धबृद्धासँग समय बिताएको र भोजन सेवा प्रदान गरेको हो।

कार्यक्रमकी प्रमुख अतिथि एवं इक्यानकी केन्द्रीय उपाध्यक्ष गीता शिवाकोटीले सामाजिक सेवामार्फत स्थापना दिवस मनाउन पाउँदा खुसी लागेको बताउँदै भनिन्, “समाजप्रति उत्तरदायी संस्थाको रूपमा इक्यानले यस्ता कार्यलाई निरन्तरता दिनु आवश्यक छ।”

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले संस्थाले नियमित रूपमा सामाजिक कार्यहरू गर्दै आएको जानकारी दिँदै भने, “सामाजिक सेवा संस्थाको पहिचान हो। यसै सन्दर्भमा आश्रममा सेवा पुर्‍याउँदै स्थापना दिवस मनाएका छौं।”

उनले यसै महिनाको भदौ २० र २१ गते पोखरामा हुने आठौं इक्यान एजुकेसन फेयर को तयारी तीव्र रूपमा भइरहेको जानकारी पनि दिए। उक्त मेला टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा आयोजना हुने बताइएको छ।

कार्यक्रममा इक्यान कास्कीका निवर्तमान अध्यक्ष रमेश थापा, उपाध्यक्ष सन्तोष शाही, कार्यसमिति सदस्य विक्रम बस्नेतलगायतले शुभकामना मन्तव्य दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: