
पोखरा। “हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मूल नारासहित पोखरा-१ स्थित ऐतिहासिक टुँडिखेलमा सम्पन्न तेस्रो संस्करणको ‘टुँडिखेल तीज महोत्सव-२०८२’ भव्यताका साथ सम्पन्न भएको छ।
इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा आयोजित महोत्सवको मुख्य प्रायोजन विद्युतीय सवारी निर्माता कम्पनी BYD ले गरेको थियो। भदौ ५ गतेदेखि सुरु भई भदौ १४ गतेसम्म चलेको १० दिने महोत्सवको समापन समारोहमा विभिन्न प्रतियोगिताका विजेताहरूलाई सम्मानित गरिएको थियो।
समापन समारोहमा प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायत विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।
तीज गीत प्रतियोगितामा
सहनशील दिदीबहिनी समूह, पोखरा-२२ प्रथम (रु ३५ हजार ५ सय ५५)
पोखरा नर्सिङ क्याम्पस दोस्रो (रु २० हजार ५ सय ५५)
कमल जैसी आमा समूह तेस्रो (रु १० हजार ५ सय ५५)
उर्जाशील दिदीबहिनी, पोखरा-१० र एकलधारा सृजनशील मिलन समाज, पोखरा-५ सान्त्वना (रु ५ हजार ५ सय ५५)
विशेष विधामा सम्मानित:
उत्कृष्ट भेषभूषा: वैशि क्षेत्र दिदीबहिनी समूह
उत्कृष्ट शब्द: मिलीजुली आमा समूह
उत्कृष्ट नृत्य: कास्कीकोट दिदीबहिनी
विशेष सहभागिता: राष्ट्रिय मा.वि., कक्षा ५ समूह
(सबैलाई जनही रु ३ हजार ५ सय ५५ नगद पुरस्कार)
एकल नृत्यतर्फ:
प्रथम: सृष्टि गुरुङ (रु १२ हजार ५ सय ५५)
दोस्रो: पद्मा पौडेल (रु ७ हजार ५ सय ५५)
तेस्रो: दिया गुरुङ (रु ५ हजार ५ सय ५५)
सान्त्वना: सृष्टि सुनार (रु ३ हजार ५ सय ५५)
ढिकी-जाँतो प्रतियोगितामा:
प्रथम: कमला आचार्य समूह
दोस्रो: विजया अधिकारी समूह
तेस्रो: चन्द्रा अधिकारी समूह
सान्त्वना: सर्मिला तामाङ समूह
छेलो खेलतर्फ:
प्रथम: दिपक थापा मगर
दोस्रो: मिलन सुनार
तेस्रो: सञ्जय अडाइ मगर
(सर्वप्रथम, दोस्रो, तेस्रो र सान्त्वनाले क्रमश: रु १२ हजार ५ सय ५५, ७ हजार ५ सय ५५, ५ हजार ५ सय ५५ र ३ हजार ५ सय ५५ पुरस्कार प्राप्त गरे।)
रंगीन प्रभातफेरी र झाँकी प्रस्तुत
महोत्सवको उद्घाटनमा आयोजित प्रभातफेरीमा उत्कृष्ट झाँकी प्रस्तुत गर्ने बगर तमु समाज, पोखरा–१ ले सम्मान प्राप्त गर्यो। मिरुवा तमु समाज, पोखरा-२ ले उत्कृष्ट भेषभूषा तथा अभियान आमा समूह, लामपाटन-१ ले ‘उत्कृष्ट आमा समूह’ को उपाधि प्राप्त गर्दै जनही रु ५ हजार नगद पुरस्कार जिते।
१० दिने महोत्सव अवधिभर १५० व्यापारिक स्टलहरू, १२ रेस्टुरेन्ट स्टल, बाल उद्यान, दैनिक उपभोग्य सामग्री, कृषि, हस्तकला, बैंक तथा वित्तीय सेवा प्रदर्शनीजस्ता विविध कार्यक्रम समावेश थिए। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुतिले महोत्सवलाई अझ रङ्गीन बनायो।
महोत्सवको मूल उद्देश्यहरूमा ऐतिहासिक टुँडिखेलको संरक्षण मौलिक नेपाली कला, संस्कृति र पर्वको प्रवर्द्धन, महिला दिदीबहिनीहरूको उत्पादन र प्रतिभा प्रदर्शन तथा आन्तरिक बाह्य पर्यटन प्रवर्द्धन सामाजिक सचेतना र मनोरञ्जनात्मक कार्यक्रम समावेश थिए।
महोत्सवको लेखापरीक्षण: ६९ लाख आम्दानी, ४.५ लाख बचत
आयोजकका कोषाध्यक्ष तथा महोत्सव लेखा संयोजक वेद प्रसाद वस्तीका अनुसार महोत्सवमा कुल रु ६९ लाख आम्दानी, रु ६४.५ लाख खर्च भएको छ। बाँकी ४.५ लाख रुपैयाँ विभिन्न सामाजिक कार्यमा खर्च गरिने योजना छ।
मुख्य प्रायोजकमा BYD इलेक्ट्रिक सवारी थियो भने सह-प्रायोजकमा टुबोर्ग बियर, गृहलक्ष्मी ग्यास, कर्मा इन्टरनेशनल रहेका थिए। अन्य सहयोगीहरूमा बाल्ट्रा होम एप्लायन्स, राष्ट्रिय वाणिज्य बैंक, सालिको इन्स्योरेन्स, गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड, पोखरा इन्टरनेट लगायत रहेका थिए।
संस्थागत प्रवर्द्धनमा गण्डकी प्रदेश सरकारका सामाजिक, खेलकुद तथा पर्यटन मन्त्रालयहरू, पोखरा महानगरपालिका तथा विभिन्न वडा कार्यालयहरू रहेका थिए।
आयोजक इन्द्रेणी एकीकृत विकास केन्द्रका उपाध्यक्ष निरज विक्रम राणाका अनुसार, महोत्सवले लोपोन्मुख परम्परागत संस्कृतिको जगेर्ना, इन्द्रेणी आवासीय क्रियाकलाप भवनको स्तरोन्नति तथा ‘शव यात्रा वाहन’ सञ्चालनको दीर्घकालीन उद्देश्य बोकेको छ।
