मादी-४ मा जेष्ठ नागरिक सम्मान तथा तीज विशेष सांगीतिक कार्यक्रम सम्पन्न

Share:

पोखरा । मादी गाउँपालिका-४, घाम्नुङमा अवस्थित भाष्कर स्मृति प्रतिष्ठानले हरितालिका तीजको अवसरमा जेष्ठ नागरिक सम्मान तथा तीज विशेष सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मादी-४ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले गरे। प्रतिष्ठानका संस्थापक अध्यक्ष यमबहादुर सापकोटाले संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए भने परिकल्पनाकार अमर सापकोटाले साउदी अरबबाट शुभकामना सन्देश पठाएका थिए।

कार्यक्रममा भाट समाज काहुँखोलाका अध्यक्ष श्रीराम रानाभाट, जेष्ठ नागरिक सुकुमाया सापकोटा, तथा तारकाङ पोखरा सम्पर्क समाजका अध्यक्ष बलराम सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सांगीतिक कार्यक्रममा चर्चित तीज गायक तुलसी क्षेत्री र कृष्ण भट्टराईले जीवन्त प्रस्तुति दिएका थिए, जसले उपस्थित दर्शकलाई मनोरञ्जन दिएको थियो।

जेष्ठ नागरिक र विशिष्ट व्यक्तित्व सम्मानित

कार्यक्रममा जेष्ठ नागरिक केशव सापकोटा, मंगलबहादुर सापकोटा, बुद्धिबहादुर सापकोटा, कुसुदेवी सापकोटा, देवी सापकोटा, पुतली सापकोटा, सुकुमाया सापकोटा र रसामाया सापकोटालाई सम्मान गरिएको थियो।

त्यसैगरी विद्यार्थी सन्दीप सापकोटा र अभिषेक सापकोटा, कलाकार तुलसी क्षेत्री र कृष्ण भट्टराईलाई पनि सम्मान प्रदान गरिएको थियो। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष दुर्गाबहादुर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कार्यक्रम संयोजक युवराज सापकोटाले गरेका थिए। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रोशन सापकोटाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: