
काठमाडौं । मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना भएको छ। स्थानीय यदुप्रसाद लामिछानेका अनुसार भीमसेन थापा गाउँपालिका-३ डाँडाबेँसी गँगटेमोडमा काठमाडौंबाट आरुघाट माछीखोला जाँदै गरेको रात्रिबस दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार अहिले घाइतेको उद्धार भइरहेको छ। रात्रिबस दुुर्घटना हुँदा १५ जना घाुइते भएका छन् भने, केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेको अवस्थाबारे सबै विवरण आइसकेको छैन। दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ।
कमेन्ट गर्नुहोस्
