विन्ध्येश्वरी बोर्डिङमा ग्लोबल क्विज सम्पन्न, पहेँलो सदन प्रथम

Share:

पोखरा । पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा ग्लोबल क्विज प्रतियोगिता सम्पन्न भएको छ।प्रत्येक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा पहेँलो सदनका प्रतिनिधिहरूले प्रथम स्थान हासिल गरेका छन्।

कक्षा ९ की छात्रा मन्जिसा भुजेल र सृष्टि खड्का, कक्षा ८ का अंकिता पौडेल र असिम अधिकारी सम्मिलित टोलीले पहिलो स्थान प्राप्त गरेका हुन्।

रातो सदनबाट सहभागी कक्षा १० की प्रशंसा कार्की, कक्षा ९ का दिवस घिमिरे, कक्षा ७ का आदित्य लम्साल र कक्षा ६ की अदिती तिमिल्सिनाको टोली द्वितीय स्थानमा रहेको छ।

विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीले पाठ्यपुस्तकसँगै समसामयिक ज्ञानमा पनि दक्ष हुनुपर्नेमा जोड दिए।

कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: