पोखरामा युनाइटेड रेफरेन्स ल्याबको नि:शुल्क रक्त परीक्षण, ४ सय जनाले लिए सेवा

Share:

पोखरा। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि. (URL) ले शनिबार पोखराका दुई स्थानमा आयोजित स्वास्थ्य शिविरमार्फत करिब ४ सय जनाको निशुल्क रक्त परीक्षण गरेको छ। सहयात्री बचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा आयोजित शिविरमा २०५ जनाको मधुमेह (ब्लड सुगर) तथा रगतमा खराब बोसो (ट्राइग्लिसराइड–TG) सम्बन्धी परीक्षण गरिएको हो।

त्यस्तै, नवीन बचत तथा ऋण सहकारी संस्थाको १९औँ साधारणसभामा आयोजित अर्को शिविरमा १८० जनाको थाइराइड (TSH) र मिर्गौलासम्बन्धी (क्रेटिनाइन) रक्त परीक्षण निशुल्क गरिएको थियो।

गण्डकी प्रदेशकै एक मात्र ISO प्रमाणित रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याब (URL) ले आफ्नो स्थापनाको १२ वर्ष पूरा गरिसकेको छ। URL का अध्यक्ष ठाकुरप्रसाद पन्थले १२ वर्षको अवधिमा आफ्नै पहलमा र विभिन्न संघ-संस्थासँगको सहकार्यमा २ सय ९ वटा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए।

उनका अनुसार, हालसम्म ३ लाख ५० हजारभन्दा बढी नागरिकले यस्ता शिविरमार्फत निशुल्क रक्त परीक्षण सेवा प्राप्त गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: