जेनजी क्रान्ति: बालेन शाह प्रधानमन्त्रीका लागि किन सरेनन् अगाडि, यस्ता छन् पाँच कारण

Share:

काठमाडौं । देशभर उर्लिएको जेनजी क्रान्तिसँगै नयाँ नेतृत्वको बहस उत्कर्षमा पुगेको छ। सामाजिक सञ्जालदेखि सडकसम्म युवाको आवाज गुञ्जिँदैछ, “अब पुराना होइन, नयाँ सोचका नेताको पालो हो।” यही क्रममा, धेरैले काठमाडौं महानगरका लोकप्रिय मेयर बालेन शाहलाई नागरिक नेतृत्वको अगुवा बनाउने चर्चा गरेका थिए। तर, उनी अहिलेको अन्तरिम सरकारको नेतृत्वमा अगाडि नबढ्नुको पछाडि गहिरो सोच छ।

यहाँ छन् बालेन शाह किन पछि हटे भन्ने पाँच कारण

१. अन्तरिम सरकार भनेको अस्थायी मात्र हो

अहिले बन्ने सरकार स्थायी होइन, केवल अन्तरिम सरकार हो, जसको काम चुनावसम्म देशलाई शान्त र स्थिर राख्नु मात्र हो। यस्तो सरकार सहमतिमा बनाइने हो, जनताले चुन्ने होइन। बालेन जस्तो नेता अल्पकालीन होइन, दीर्घकालीन परिवर्तनका लागि हुन्।

२. ६ महिनाको पद बालेनको क्षमतासँग न्याय होइन

बालेन शाह परिवर्तनको प्रतीक हुन्। उनलाई केवल ६ महिनाको लागि प्रतिनिधि बनाउनु भनेको उनी भित्रको दूरदर्शी नेतृत्वलाई रोक्नु हो। देशलाई स्थायित्व चाहिएको छ, अस्थायी सम्झौताहरू होइन।

३. बालेनसँग जनताको बलियो समर्थन छ

सहरी युवा मात्र होइन, ग्रामीण समुदायसम्म बालेन शाहको लोकप्रियता फैलिएको छ। उनीसँग स्पष्ट दृष्टिकोण र दीर्घकालीन योजना तथा जनता प्रतिको उत्तरदायित्व छ । त्यसैले, उनी स्थायी प्रधानमन्त्रीको जिम्मेवारीका लागि उपयुक्त पात्र हुन्।

४. अहिले चाहिन्छ एक निष्पक्ष संयोजक

अन्तरिम सरकार चुनावसम्मको मार्गचित्र हो। यस्तो चरणमा पूर्वप्रधानन्यायाधीश शुशील कार्कीजस्ता अनुभवी, गैरदलीय र निष्पक्ष व्यक्तित्व नेतृत्वमा आए देशमा राजनीतिक विश्वास बढ्नेछ। बालेन शाहले राजनीतिक परिपक्वता देखाउँदै आफू पछि हट्नु यही कारण हो।

५. चुनावपछि जनताकै निर्णयबाट बालेन स्थायी प्रधानमन्त्री बन्न सक्छन्

बालेन शाह अबको प्रधानमन्त्रीका लागि लोकप्रिय विकल्प हुन् तर सही तरिकाले। चुनावमार्फत जनताले दिएको स्पष्ट जनादेशपछि उनी चार वर्षको कार्यकालसहित देशको नेतृत्व सम्हाल्ने नैतिक र संवैधानिक अधिकार पाउनेछन्।

बालेन शाहपछि हटेका होइनन्। उनी दीर्घकालीन परिवर्तनका लागि अघि बढेका छन्। छोटो पदको लोभमा होइन, जनताको म्याण्डेटमा विश्वास राखेर उनले गम्भीर र दूरदर्शी निर्णय लिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: