
पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) कास्कीले भदौ २९ गतेका लागि कुनै परीक्षा तय नभएको स्पष्ट पारेको छ।
प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले एक विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
उनका अनुसार, प्याब्सन अन्तर्गतका विद्यालयहरू २६ र २७ गते बन्द गर्ने निर्णय भए पनि २९ गतेका लागि कुनै औपचारिक निर्णय गरिएको छैन।
“२८ गते शनिबार बैठक बसेर आवश्यक निर्णय लिइनेछ,” अध्यक्ष गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन्, “भ्रममा नपर्न अभिभावक, विद्यार्थी र सरोकारवालामा आग्रह गर्दछौं।”
कमेन्ट गर्नुहोस्
