राष्ट्रपति र प्रधानसेनापति बीच गोप्य भेटवार्ता, शान्ति स्थापनाका प्रयासबारे छलफल

Share:

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबिच बिहीबार साँझ भेटवार्ता भएको छ।राष्ट्रपति बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापतिले भेट गरेको उच्च स्रोतले बताएको छ।

सो क्रममा सेनापतिले जेनजी समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा ब्रिफिङ गरेको स्रोतको भनाइ छ। शीतल निवास जेनजी आन्दोलनकारीले जलाइदिएपछि हाल राष्ट्रपति सुरक्षित स्थानमा सरेका छन्।

आजै एक विज्ञप्ति जारी गरेर राष्ट्रपतिले वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका थिए। उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका थिए।

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताएका थिए।

कमेन्ट गर्नुहोस्
Share: