
काठमाडौं। नेपाली सेनाले कुनै पत्रकार र मिडियालाई जंगीअड्डाभित्र छिर्न रोक लगाएको छ। बिहीबार दिनभर पत्रकारलाई जंगीअड्डाभित्र छिर्न रोक लगाएको हो। देशको वर्तमान जटिल परिस्थितिलाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम रद्द गरेका छन्।
सैनिक मुख्यालय भित्रको वातावरणले सेनाले अबको केही घण्टाभित्र थप निर्णायक कदम चाल्न सक्ने स्पष्ट संकेत दिएको देखिन्छ।
कमेन्ट गर्नुहोस्
