
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको निजी सुरक्षा अधिकृत (पीएसओ) को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन्। हालै मात्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा भएका थापालाई प्रधानमन्त्रीको सुरक्षा टोलीको नेतृत्व सुम्पिएको हो।
थापा २०७० सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएका थिए। प्रहरी सेवामा उल्लेखनीय अनुभव हासिल गरिसकेका थापा केही महिनाअघि मात्र डीएसपीमा बढुवा भएका हुन्।
सुरक्षा व्यवस्थापनमा दक्ष मानिएका थापा संखुवासभा जिल्लाका स्थायी बासिन्दा हुन्। उनलाई प्रधानमन्त्री निवास र प्रधानमन्त्रीको हिँडडुलसँग सम्बन्धित सुरक्षा व्यवस्थापनको प्रमुख जिम्मेवारी दिइएको छ।
कमेन्ट गर्नुहोस्
