बालेनले भने- प्रिय जेनजी, तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ

Share:

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन्। जेनजीसहिदप्रति श्रद्धाञ्जलीको फोटो राख्दै उनले जेनजीको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका हुन्।

‘प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ,’ उनले लेखेका छन् ।

वीर सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै योगदान अमूल्य रहेको उनको भनाइ छ । ‘तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देश प्रेम र कर्तव्य बोधको मार्गदर्शन गर्नेछ । ताईहरूप्रति असिम सम्मान ।’

उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: