
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनको लागि मन्त्रालयमै कोठाको व्यवस्थापन गरिएको छ ।
अहिले कोठाको लागि चाहिने सामान ल्याउने क्रम जारी छ । कर्मचारीहरूले किचेनका लागि चाहिने आवश्यक सामानहरू ओसारीरहेका छन् भने कोहीले व्यवस्थापन गरिरहेका छन् ।
मन्त्री पुनले हिजो शपथ ग्रहरण गर्दा मन्त्रालयमै बस्ने व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए । त्यसपछि उनी एक दिन भने राष्ट्रिय आविष्कार केन्द्रमै गएर बसेका थिए ।
सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
