
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेनजी आन्दोलनका नाममा भएको अपराधिक गतिविधिबारे गम्भीर चासो व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।
आन्दोलनको आडमा विभिन्न आपराधिक पृष्ठभूमिका समूहहरु घुसपैठ गरी सरकारी र निजी सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट जस्ता कार्यमा संलग्न भएको प्रहरीको दाबी छ।
गत भदौ २३ र २४ गते कास्की जिल्लाभित्र भएका हिंसात्मक घटनाहरुको अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले सबै कास्केली नागरिकलाई सहयोग गर्न अपिल गरेको छ।
उक्त घटनासँग सम्बन्धित कुनै पनि प्रमाण जस्तै सीसीटीभी फुटेज, मोबाइल भिडियो, फोटो, भ्वाइस रेकर्डलगायत प्रहरीलाई पठाउन अनुरोध गरिएको छ।
प्रहरीले समाजिक सञ्जालका विभिन्न इमेल ह्वाट्सवलगायत माध्यमबाट जानकारीरप्रमाण पठाउन सकिने जनाएको छ ।
साथै आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार, सामग्री वा कुनै पनि चिजवस्तु लुकाइएकोरदेखिएको जानकारी भए तुरुन्तै सम्पर्क गर्न आग्रह गरिएको छ।
सूचना दिने व्यक्तिको पूर्ण गोपनीयता सुनिश्चित गरिने प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले यो गम्भीर आपराधिक घटनामा आम नागरिकको सक्रिय सहयोगले दोषीको पहिचान, नियन्त्रण र कारवाहीमा सहजता पुग्ने विश्वास व्यक्त गरेको छ।
