पोखरामा दशैं-तिहारको अवसरमा खसी र बोका बिक्रीमा कुनै शुल्क नलाग्ने

Share:

पोखरा । पोखरा महानगरपालिकाले खसी, बोका र च्याङ्ग्राको अव्यवस्थित बिक्री वितरणलाई व्यवस्थित गर्न नयाँ नियम लागू गरेको छ। आगामी दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै महानगरले आर्थिक ऐन, २०७९ बमोजिम कुनै पनि प्रकारको बिक्री शुल्क नलिने घोषणा गरेको छ। मंगलबार बसेको बैठकको राजश्व परामर्श समितिको निर्णयअनुसार भएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “पोखरा महानगरपालिका क्षेत्रभित्र दशैं तिहार, छठ पर्वलाई लक्षित गरी खसी, बोका, च्याङ्ग्रा, भेडा लगायतका चौपायाहरुको बिक्री वितरणमा पोखरा महानगरपालिकाले आर्थिक ऐन, २०७९ बमोजिम कुनै पनि प्रकारको बिक्री शुल्क नलिने निर्णय भएको हुँदा यससम्बन्धी सम्पूर्ण व्यवसायीहरुमा यो सूचना जारी गरिएको छ।”

यो व्यवस्थाले चाडपर्वमा चौपाया खरिदबिक्री गर्ने उपभोक्ता र व्यवसायी दुवैलाई राहत पुग्ने अपेक्षा गरिएको छ।महानगरपालिकाले खसी, बोका, च्याङ्ग्रा लगायतका चौपायाहरुको व्यवस्थित बिक्री वितरणका लागि आवश्यक मापदण्ड पालना गर्न पनि सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गरेको छ।

महानगरपालिकाले नेपालीहरुको महान चाड बडादशैं, दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा सम्पूर्ण नगरबासीहरुमा शुभकामना व्यक्त गरेको छ। महानगरपालिकाका अनुसार खसी, बोका, च्याङ्ग्राको बिक्रीमा कुनै शुल्क लाग्ने छैन भने दशैं, तिहार, छठ पर्वमा लागू हुनेछ ।

अव्यवस्थित बिक्रीलाई नियन्त्रण गर्ने लक्ष्य तथा महानगरपालिकाको आर्थिक ऐन २०७९ बमोजिम निर्णय गरेको छ । जसले उपभोक्ता र व्यवसायी दुवै पक्षलाई सहज हुने अपेक्षा गरिएको छ । यो निर्णयले पोखरामा चाडपर्वको समयमा मासुजन्य चौपायाको कारोबारलाई थप पारदर्शी र व्यवस्थित बनाउने विश्वास लिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: