ओली बस्ने नयाँ घरमा तनाव: छिमेकी आक्रोशित

Share:

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ निवासमा सरेसँगै बालकोट क्षेत्र फेरि चर्चामा आएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा दिनरात खटिने युवाहरुको बाक्लो उपस्थितिले वरिपरिका बासिन्दामा त्रास सिर्जना गरेको छ।

“हाम्रा साना बच्चाहरू राति सुत्न डराउन थालेका छन्,” सामाजिक सञ्जालमा एक छिमेकीको गुनासो थियो। ओली निवास वरिपरि २४ घण्टा जमघट भइरहँदा स्थानीयले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।

युवाहरुको यो भीड ‘सुरक्षा’ को नाममा परिचालित गरिएको भनिएपनि स्थानीयले यसलाई शान्तिपूर्ण वातावरणमाथिको हस्तक्षेपका रूपमा लिएका छन्। उनीहरूले सरकारसँग तत्काल यी जमघट बन्द गर्न माग गरेका छन्।

एक स्थानीय भन्छन्, “हामीले नेताजीको सुरक्षा चाहेका हौं, तर यसको नाममा हाम्रो दैनिक जीवन अस्तव्यस्त हुनु स्वीकार्य छैन।”

दोस्रो पक्षमा भने ओली अहिले जेनजी आन्दोलनपछिको पुनर्गठन दबाबमा छन्। नेताको सक्रियता बढेसँगै बालकोट फेरि राजनीतिक भेटघाट र रणनीतिक छलफलको केन्द्र बनेको छ।

तर सुरक्षा व्यवस्थाको नाममा सर्वसाधारणको त्रास बढ्नु र स्थानीयको असन्तोष चुलिनु ओली नेतृत्वका लागि गम्भीर संकेत बन्न सक्ने विश्लेषकहरू बताउँछन्।

कमेन्ट गर्नुहोस्
Share: