केन्द्रीय कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

Share:

स्याङ्जा। केन्द्रीय कारागारबाट फरार कैदी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ। जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार कैदी ३४ वर्षीय विनोद दर्जीलाई प्रहरीले पक्राउ गरेको हो।

चापाकोट नगरपालिका ४ ठेगाना भएका जवरजस्ती करणी मुद्दाका कैदी दर्जीलाई विशेष सूचनाको आधारमा विरुवा गाउँपालिका ६ धरादीबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानाकारी दिए। प्रहरीले उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला कारागार, स्याङ्जा पठाएको बताएको छ ।

यस्तै अवैध रुपमा ओसार-पसार गरेको एक टयाक्टर प्रहरीले पुतलीबजार नगरपालिका वडा नम्बर १० राङखोलाबाट पक्राउ गरेको छ। गिट्टी जस्तो देखिने ग्रावेल ओसार-पसार गरिरहेको अवस्थामा ग १ त ६२४८ नम्बरको ट्याक्टर फेला पारी नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडि बढाएको चौधरीले बताए।

कमेन्ट गर्नुहोस्
Share: