
काठमाडौं। जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको गरिएको छ। काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो।
उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ। प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए।
घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ ।
सामाजिक सञ्जाल निष्क्रिय र भ्रष्टाचारविरुद्ध जेनजीले भदौ २३ गते प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १९ युवा मृत्यु भएको थियो। त्यसपछि भदौ २४ गते देशभर प्रदर्शन चर्किएको थियो।
