पवित्र सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न, गुप्तबहादुरको अध्यक्षतामा नयाँ समिति

Share:

पोखरा । पोखरा महानगरपालिका ९, कुन्तीमल स्थित पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा र ५ औं अधिवेशनले ४ वर्षका लागि गुप्तबहादुर रानाभाटको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति सर्वसम्मत निर्वाचित गरेको छ।

नयाँ निर्वाचित समितिको उपाध्यक्षमा चन्द्रु रानाभाट, सचिवमा एकेन्द्र वञ्जरा, कोषाध्यक्षमा महादेव रानाभाट र सदस्यहरूमा संजयकुमार रानाभाट, महेन्द्र रानाभाट, गोमा रानाभाट, लेखनाथ रानाभाट, जयन्ती कार्की र रानाभाट सर्वसम्मत निर्वाचित भएका छन्। यसै गरी लेखा समितिको संयोजकमा यमबहादुर रानाभाट र सदस्यहरूमा नरेशकुमार वञ्जरा र रेवती अधिकारी भाट सर्वसम्मत निर्वाचित भएका छन्।

निर्वाचन गर्नको लागि खड्ग बहादुर रानाभाटको संयोजकत्वमा अधिवक्ता मीना रानाभाट र श्री बहादुर रानाभाट सदस्य रहेको ३ सदस्यीय निर्वाचन उपसमिति गठन गरिएको थियो।

सभाको उद्घाटन गर्दै रानाभाट/भाट समाज नेपालका पूर्व केन्द्रिय अध्यक्ष खड्ग बहादुर रानाभाटले देशको वर्तमान परिस्थिति अनुसार आर्थिक संस्थाहरूलाई पारदर्शी हुनु पर्ने कुरा व्यक्त गरे। त्यस्तै, सल्लाहकार देवेन्द्र रानाभाट, चन्द्रबहादुर रानाभाट, पूर्व अध्यक्ष अधिवक्ता मीना रानाभाट, लक्ष्मी सनराइज बैंकका शाखा प्रबन्धक सूर्यबहादुर रानाभाटले शुभकामना मन्तव्य दिएका थिए।

शेयर सदस्यको तर्फबाट पूर्व सचिव श्रीधर रानाभाटले ४८ जना शेयर सदस्यबाट सुरु भएको संस्थाको सदस्य संख्या अहिले १,३०० पुगेको जानकारी दिँदै आगामी दिनहरूमा मितव्ययी कार्यक्रमहरूको सञ्चालन गर्न सुझाव दिए।

यस अवसरमा असल कारोबारकर्ता सम्मानबाट पोखरा १३, काहुँखोलाकी सीतादेवी रानाभाट र पोखरा २६, कन्धनीडाँडाका प्रेमबहादुर रानाभाटलाई सम्मानित गरिएको थियो। जेष्ठ शेयर सदस्य सम्मानबाट ८० वर्ष उमेर मुनिका वोधराज रानाभाट, बलबहादुर रानाभाट, जशोदा रानाभाट, ज्ञानबहादुर रानाभाट, केशरबहादुर रानाभाट, सुकदेव रानाभाट, लोकबहादुर रानाभाट, कृष्णबहादुर देवकोटा क्षेत्री, यमलाल राईभाट, र भद्रकाली रानाभाटलाई नगद, दोसल्ला, अविर र सम्मानपत्रद्वारा सम्मानित गरियो।

संस्थाका अध्यक्ष बुद्धि बहादुर रानाभाटले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनहरूमा संस्थाले अवलम्बन गर्नुपर्ने नीति निर्माणका साथै अन्य सुधारात्मक प्रस्तावहरू राखेका थिए। कोषाध्यक्ष एकेन्द्र वञ्जराले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक क्या. हुमबहादुर रानाभाटले वार्षिक प्रतिवेदन प्रस्तुत गरे।

कार्यक्रममा अध्यक्ष बुद्धि बहादुर रानाभाटको अध्यक्षतामा स्वागत उपाध्यक्ष गुप्तबहादुर रानाभाट र संचालन सचिव चन्द्रु रानाभाटले कार्यक्रमको सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: