राधा-लक्ष्मी पुरस्कार राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान

Share:

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित ‘राधा-लक्ष्मी पुरस्कार’ यस वर्ष पोखरा-३२, लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ। स्व. लक्ष्मीशरण उपाध्याय र उनकी धर्मपत्नी स्व। राधा पौडेलको स्मृतिमा स्थापना गरिएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष विभिन्न सामाजिक, धार्मिक वा साहित्यिक क्षेत्रका योगदानकारी व्यक्तित्व वा संस्थालाई उक्त पुरस्कार प्रदान गरिन्छ।

यस वर्षको पुरस्कार स्व। लक्ष्मीशरण उपाध्यायको जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहबीच आश्रमका प्रमुख संरक्षक (महन्त) मुकुन्दशरण उपाध्यायलाई नगद २ हजार ५ सय रुपैयाँ र सम्मानपत्रसहित प्रदान गरिएको हो।

कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनिल गायक र अक्षयकोषदाता परिवारका सदस्यद्वारा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा पोखरा-३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले आश्रमलाई प्रदान गरिएको सम्मानले सामाजिक र धार्मिक क्षेत्रमा योगदान पु¥याउनेहरूप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

पुरस्कार छनौट समितिको संयोजन कृष्णप्रसाद पौडेलले गरेका थिए भने सदस्यमा केशव शरण पौडेल र छन्दमणि त्रिपाठी रहेका थिए।

समितिको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरेको थियो। पुरस्कारको लागि अक्षयकोषमा २ लाख २५ हजार रुपैयाँ रहेको छ। कार्यक्रममा प्रमुख संरक्षक मुकुन्दशरण उपाध्यायले सम्मानप्रति आभार व्यक्त गर्दै स्व. लक्ष्मीशरण उपाध्यायले समाजमा पु¥याएको योगदानको स्मरण गरे। उनले यस्तो सम्मानले धार्मिक संस्थाहरूलाई थप प्रेरणा दिने विश्वास पनि व्यक्त गरे।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीले गर्नुभएको थियो भने स्वागत तथा धन्यवाद ज्ञापन अक्षयकोषदाता परिवारका केशव शरण पौडेल र माधव शरण पौडेलले गरेका थिए। सो अवसरमा छनौट समिति संयोजक कृष्णप्रसाद पौडेल, छन्दनायक माधव वियोगी, गुरुकुल अध्यक्ष माधव शरण उपाध्याय लगायतले मन्तव्य व्यक्त गरे।

कार्यक्रमको अन्त्यतिर भगवती पन्त, हरिप्रसाद खनाल र धर्मराज पौडेलले रचना वाचन गरेर वातावरणलाई साहित्यिक स्पर्श दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: