
काठमाडौं। चितवनको मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य रातिको समयमा पनि जारी छ ।
फ्लड लाइट जडान गरी रातिको समयमा पनि पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
आजै सडक खुलाउन तयारीका साथ पहिरो पन्छाउने कार्य भइरहेको छ ।
तुइनखोला नजिकै पहिरो खस्दा उपत्यकाबाट बाहिरिनेहरूलाई समस्या भइरहेको छ । प्रहरीले भने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
