
काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन्।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देविनगरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६१ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय मातृका अधिकारी र तिलोत्तमा नगरपालिका-७ बस्ने ३२ वर्षीयको दिपक मल्ल रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले प्र.३-०२-००४प८५९१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, बकैया गाउँपालिका-४ तुलसीपुरबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय रोजित लामिछानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-३ दाङपुरूवा बस्ने २० वर्षीय शिव चौधरी र २१ वर्षीय सन्तोष कुमार थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
इलाम, इलाम नगरपालिका-८ तिल्केनी मोडस्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय विशाल आचार्यलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
