आमाको हत्या गर्ने छोरा पक्राउ

168
0
Share:
arrest

धादिङ : आफ्नै आमा ५५ वर्षीया राम माया कडेलको हत्या गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरी बस्ने ३० वर्षीय यम बहादुर कडेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

यम बहादुरले धारिलो हतियार खुँडा प्रहार गर्दा राम मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सल्यानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: