लागूऔषधसहित ६ जना पक्राउ

182
0
Share:

 

काठमाडौं :  लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ बाट  लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिराहा मिर्चौया नगरपालिका-७ बस्ने २४ वर्षीय निराजन यादव र सप्तरी राजबिराज नगरपालिका-१ बस्ने ३१ वर्षीय रोहन कुमार सिंह रहेका छन्। इलाका प्रहरी कार्यालय ढल्केवर समेतबाट खटिएको प्रहरीले सिराहा बन्दिपुरबाट बिरेन्द्रबजारतर्फ आउँदै गरेको बा.प्र.०३-००२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० संगमचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९२ ट्याब्लेट सहित सोही नगरपालिका-१२ बस्ने २१ वर्षीय अमृत चौधरी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय  बिराटचौकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट  लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ प्रगती टोल बस्ने २३ वर्षीय चन्दन राय र मोरङ रतुवामाई नगरपालिका-३ महादेवा बस्ने ३४ वर्षीय बिमल कामत रहेका छन्। प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले पिण्डलघुटुबाट तुलाचन चोकतर्फ आउँदै गरेको मे.३ प ३५४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
Share: