
काठमाडौं : सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
सिराहा, नरहा गाउँपालिका-३ स्थित सडकमा रोकी राखेको प्र.२-०४-००१ च ००३८ नम्बरको पिकअप भ्यानमा बीआर ३२ वाई ७५९९ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।
सप्तरी, खड्क नगरपालिका-११ बनौलीस्थित सडकमा बोदेबरसाईनबाट राजबिराजतर्फ जाँदै गरेको स.१ च १८६५ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री डाक्नेोश्वसरी नगरपालिका-१० बनौला बस्ने १८ वर्षीय अमन मण्डलको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
