खोलामा डुबेर चार जनाको मृत्यु

211
0
Share:

 

काठमाडौं :  खोलामा डुबेर चार जनाको मृत्यु भएको छ।

नुवाकोट, लिखु गाउँपालिका-४ गड्खार बस्ने ६५ वर्षीय ढकाल राई भन्ने पूर्ण बहादुर राईको सोही ठाउँस्थित तादी खोलाले बगाएर सोमबार साँझ मृत्यु भएको छ। खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

सुनसरी, हरिनगरा गाउँपालिका-१ भुटहा बस्ने नियामुदिन साफीको छोरा ३ वर्षीय फरान साफीको आफ्नै घरको आँगनमा जमेको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था बस्ने धर्मेन्द्र महासेठको छोरा ६ वर्षीय यन्स महासेठको सोही ठाउँस्थित इम्ली पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

चितवन, राप्ती नगरपालिका-२ गड्यौली बस्ने इश्वर बर्तौलाको छोरा ७ वर्षीय आयुष बर्तौलाको घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर सोमबार साँझ मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

कमेन्ट गर्नुहोस्
Share: