इन्दु बर्मा: एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर

Share:

काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु बर्माले ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। उनले एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर बनेकी हुन्।

आज मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा अविजित ४८ रनको योगदान दिँदै इन्दुले यो उपलब्धि हासिल गरेकी हुन्।

इन्दुले अहिलेसम्म ७७ खेलको ७० इनिङ्समा कुल १०३३ रन बनाइसकेकी छन्। उनी नेपाली महिला क्रिकेटको सबैभन्दा अग्रणी रनकर्ता बन्न सफल भएकी हुन्।

उनको कप्तानीमा हाल नेपालले मलेसियामा जारी पाँच खेलको टी–२० शृङ्खलाको चौथो खेल जित्दै शृङ्खला २–२ को बराबरीमा ल्याइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: