
काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानस्थित United Nations Mission in South Sudan (UNMISS) मा शान्ति स्थापनाको कार्यमा खटिन गएका नेपाली शान्ति सैनिकहरूको अदली–बदली गरिएको छ।
यसअनुसार, श्रीनाथ गण (शान्ति सेना) अन्तर्गतको १४औं डफ्फालाई प्रतिस्थापन गर्न आज १५औं डफ्फाका १७५ जना सैनिकहरूको अन्तिम टोली मिशन इलाकातर्फ प्रस्थान गरेको छ।
यसअघि, आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू २०८२ असोज २० गते स्वदेश फर्किएका थिए।
नेपाल सरकारको तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा निरन्तर योगदान दिइँदै आएको छ। हाल UNMISS अन्तर्गत १,७५७ जना नेपाली शान्ति सैनिकहरू दक्षिण सुडानमा तैनाथ छन्।
कमेन्ट गर्नुहोस्
