बालेनको चेतावनी: “ओली-लेखकहरू नथुने अर्को आन्दोलन हुनेछ”

398
0
Share:

काठमाडौं। काठमाडौं महानगर प्रमुख बालेन शाहले २३ गतेको जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई कडा चेतावनी दिएका छन्। बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “चुनाव हुँदैगर्छ, तर जनताको आवाज थुन्ने प्रयास भए अर्को ठूलो आन्दोलन हुन्छ। ओली, लेखकजस्ता मुख्य जिम्मेवारहरूलाई कारबाही नगरिए जनआक्रोश अझै बिस्फोट हुन्छ।”

मेयर शाहको भनाइले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। जेन जेड आन्दोलनका सहभागीहरूले पनि बालेनको धारणा स्वागत गर्दै गत भदौ २३ गतेको घटनामा प्रमुख भूमिकामा रहेकाहरू विशेषतः तत्कालीन सत्ता र सुरक्षा संयन्त्रसँग जोडिएका नेताहरूलाई “तात्कालीन रूपमा गिरफ्तार गर्नुपर्ने” माग पुनः दोहोर्याएका छन्।

‘जेनजी’ सहिदका लागि न्यायको लडाइँ

जेनजी आन्दोलनको मूल सन्देश ‘न्याय’ हो। सहभागीहरूको भनाइमा, आन्दोलनको क्रममा प्रहरीको दमनबाट सहिद भएका युवाहरूका लागि न्याय सुनिश्चित नभएसम्म आन्दोलन रोकिने छैन। उनीहरूको मुख्य माग हो,  गत भदौ २३ गतेका घटनामा संलग्न सबै दोषीलाई पहिचान गरी कानुनी कठघरामा ल्याउने। बालेनले सडकमै उत्रिएर बोलेका शब्दहरू अब सत्ता पक्षका लागि ठूलो चुनौती बनेको छ।

उनले भने, “यदि जनताको आवाज दबाउने प्रयास भयो भने हामी फेरि सडकमा हुन्छौं, र यो पटकको आन्दोलन झनै शक्तिशाली हुनेछ।”

कमेन्ट गर्नुहोस्
Share: