बृहत् फेदीखोला पोखरा सम्पर्क समाजको अध्यक्षमा विजय पौडेल सर्वसम्मत निर्वाचित

Share:

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाबाट पोखरामा स्थायी, अस्थायी वा पेशागत रूपमा बसोबास गर्दै आएका फेदीखोलेहरूको साझा संस्था ‘बृहत् फेदीखोला पोखरा सम्पर्क समाज, पोखरा कास्की’ को छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले विजय पौडेलको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको अध्यक्षमा विजय पौडेल, प्रथम उपाध्यक्षमा लाल कार्की (अन्जान), द्वितीय उपाध्यक्षमा कुलबहादुर रानाभाट (मन), सचिवमा मीन प्रसाद सुवेदी, सहसचिवमा जीत बहादुर क्षेत्री (राजकुमार) तथा
कोषाध्यक्षमा सूर्य प्रसाद गौतम (अनिष) सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरूमा नरेन्द्र कुमार कार्की, देविका कार्की अधिकारी ,गंगा कुमारी शर्मा कुँवर, प्रेमनाथ पौडेल, दिपेन्द्र पौडेल, सारदा रानाभाट ,डिल बहादुर अधिकारी (रामचन्द्र) तथा उदयराज पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।कार्यक्रममा कानुनी सल्लाहकार टंक पौडेलको संयोजकत्वमा कमल सुवेदी र रक्षा गोदार सम्मिलित निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो। नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका थिए।

कार्य प्रगति र आर्थिक प्रतिवेदन पारित

सभामा सचिव मीन प्रसाद सुवेदीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजकुमार क्षेत्री (राजकुमार) ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जुन उपस्थित सदस्यहरूको सर्वसम्मत समर्थनमा पारित गरियो। कार्यक्रमका प्रमुख अतिथि समाजसेवी पुण्यप्रसाद सुवेदीले समाजको गतिविधि सराहनीय रहेको उल्लेख गर्दै, आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्न सुझाव दिए। उनले संस्थालाई आफ्नो सधैंको सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे।

कार्यक्रममा फेदीखोला गाउँपालिका उपाध्यक्ष देवकुमारी गुरुङ, संस्थापक अध्यक्ष अभिलाष गुरुङ, निवर्तमान अध्यक्ष कृष्ण बहादुर क्षेत्री (उदय), कानुनी सल्लाहकार टंक पौडेल, वडा अध्यक्षहरू अमृत क्षेत्री ) वडा नं. १) र ख्याम नारायण पौडेल (वडा नं. ४) लगायत सल्लाहकारहरू, अक्षयकोषदाता, समाजसेवी र विशिष्ट व्यक्तित्वहरू सहभागी थिए।

शुभकामना मन्तव्य दिनेहरूमा पुष्पराज बराल, टिकाराम पौडेल, यम प्रसाद पौडेल, दयाराम लामिछाने, पदम प्रसाद सुवेदी, जितजङ कार्की, पत्रकार कृष्ण रानाभाट लगायतको उपस्थिति उल्लेखनीय रह्यो। उक्त अवसरमा समाजको हितमा निरन्तर कार्य गर्दै आएका हवल्दार मेजर नरकाजी गुरुङ, मिलन बहादुर के.सी., तथा उदयमान गायक विशाल रानाभाटलाई सम्मान गरिएको थियो। साथै, सम्पादन कार्यमा विशेष योगदान पुर्‍याएका सहसचिव जीत बहादुर क्षेत्री (राजकुमार) लाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष जगदीश लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष विजय पौडेलले राखेका थिए भने, संचालन सचिव मीन प्रसाद सुवेदीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: