हमासले इजरायललाई हस्तान्तरण गर्‍यो विपिन जोशीको शव, फरेन्सिक जाँच हुँदै

Share:

गाजा। प्यालेस्टिनी समूह हमासले विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको छ। सोमबार राति हमासले रेड क्रसमार्फत जोशीसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको टाइम्स अफ इसराइलले जनाएको छ।बन्धकहरू छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात रहेको उल्लेख गरेको थियो। जोशीलाई पहिले इजरायलले मरेको पुष्टि गरेको थिएन, तर अधिकारीहरूले “गम्भीर चिन्ता ” व्यक्त गरेका थिए।

हमासले विपिन, योशी शाराबी,  गाइ इलाउज र ड्यानियल पेरेजको शव हस्तान्तरण गरेको हो। इजरायली प्रहरी अधिकारीहरूले चार जना अपहरणकारीहरूको स्पष्ट अवशेष रहेको कास्केटलाई तेल अवीवको अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा लगेका छन्। उनीहरुले अब पहिचान गर्नेछन्। त्यहाँ शव पहिचान प्रक्रिया सुरू भएको र त्यसका लागि दुई दिन लाग्न सक्ने अधिकारीहरूले जनाएका छन्।

हमासले सम्झौता अनुसार अझै २४ जना मृत बन्धकको शव हस्तान्तरण गरेको छैन। यता इजरायली रक्षामन्त्री इसराइल कात्जले सम्झौताअनुसार मृतक बन्धकरूको शव समयमै हस्तान्तरण नगरे कठोर जवाफ दिने चेतावनी दिएका छन्। यता हमासले भने कतिपय शवहरू इजरायली सेनाको उपस्थिति रहेको क्षेत्रमा भएको पनि दाबी गरेको छ।

विपिन आउने अन्तिम आशा स्तब्धतामा बदलियो

जब हामी समाचारहरूले ‘मृत भएको’ भनिन्छ, त्यो शब्दले हामीलाई स्तब्ध बनाउँछ। हृदय एकैछिन थामिन्छ त्यही एक नाम, त्यो एक जीवन, त्यो एक आशा सबै क्षणमै हाम्रो मनमा हलचल मच्चाउँछ। आज (१३ अक्टोबर २०२५) समाचार सुनियो विपिन जोशी अब जीवित छैनन्। नेपालमा कृषि सम्पन्न छ, तर ज्ञान र प्रविधि सीमित छन्। धेरै युवाहरू विदेश गएका छन् कृषि अध्ययन र आधुनिक प्रविधिको ज्ञान लिन कसैले खेतमा फर्किने सपना बोकेका छन्, कसैले देश निर्माणको आशा राखेर। विपिन जोशी पनि त्यस्ता विद्यार्थी थिए।

उनी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलको किबुत्ज (कृषि समुदाय) मा गए, जहाँ उनी अध्ययन र खेतीपातीसँग काम गर्दै थिए। उनले जीवनलाई सम्भावना देख्थे आत्मनिर्भर बन्ने, परिवार र देशका लागि योगदान दिने। जब मैले उनको प्रारम्भिक जीवनका केही विवरण खोजेँ, त्यो सीमित थियो त्यो सीमितता नै उनको अस्तित्वलाई अझ अनेक प्रश्नमय बनायो।

७ अक्टोबर २०२३, त्यो भयानक रात

त्यो दिन इजरायल-हमास द्वन्द्व सुरु भयो। धेरै निर्दोष नागरिक मरे, घाइते भए, र कतिपय अपहरण गरिए। किबुत्ज एलुमिम आसपासका क्षेत्रहरू आक्रमणको चपेटामा परे। समाचारअनुसार, विपिन पनि त्यो घटनाक्रममा थिए सुरक्षित कोठामा लगिँदै गरेकै बेला उनीहरूलाई लियो। उनीहरूको समूहमा अन्य नेपाली विद्यार्थीहरू पनि थिए। १० जना मारिए, केही घाइते भए, केही भाग्न सफल भए, केहीलाई उद्धार गरियो। तर, विपिन बेपत्ता भए।

उनले, विभिन्न मिडियामा आएका समाचारका अनुसार, एक ग्रेनेडालाई समाते र सुरक्षित कोठाबाट बाहिर फ्याक्ने प्रयास गरेका थिए, अरूलाई जोगाउन। त्यो कहानी अहिले उनको बहादुरीको प्रतीक बनेको छ। त्यसपछि धेरै समयसम्म सूचना शून्य रह्यो। परिवार र नेपाली समुदायहरूले हरेक स्रोतमा खोज्न बुझ्न लागे। नेपाल सरकार, इजरायल सरकार, मानवअधिकार समूह, मिडियालगायत पनि उत्तिकै लागेका थिए।

उनी जीवित भएको संकेत थियो, २०२३ नोभेम्बरमा गाजा अस्पताल चिह्नित भिडियो फुटेजमा देखिएका थिए भन्ने दाबी सार्वजनिक भयो। तर, त्यो भिडियो एक प्रमाण जीवनयापनको पुष्टि बन्न सकेन। समय-समयमा अफवाहहरू फैलिए उनी यहाँ छन्, ‘उनी त्यहाँ छन्’ तर कुनै विश्वसनीय पुष्टि नभएकाले आशाहरू बीचमा झरिरहे।

सरकार, परिवार र मिडियाको संघार

परिवारका आँखा निरन्तर निगरानीमा थिए। आमा रातभर समाचार हेर्थिन्, बहिनी आफ्नो समर्थन जुटाउने प्रयासमा रहन्थिन्। नेपाल सरकार दूतावास र विदेश मन्त्रालयमार्फत संवादमा लाग्यो। इजरायलका अधिकारीहरूसँग वार्ता भयो। सार्वजनिक अपिलहरू, प्रेस विज्ञप्ति, अन्तर्राष्ट्रिय संस्था र मानवअधिकार समूहहरूमा पनि उत्तिकै दबाब भयो।

मिडियाले पनि उनका बारेमा रिपोर्टिङ गर्‍यो, यो विषय देश-विदेशमा चर्चा बनेको थियो। एक नेपाली युवकले अपहरणमा परेर कहिले फर्कने हो भन्ने प्रश्नले आम भावनालाई छोइरहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: