पोखराको कालिका माविमा डिबी विश्वकर्मा शिक्षक-अभिभावक संघको अध्यक्षमा सर्वसम्मत चयन

Share:

पोखरा । पोखरा महानगरपालिका-३३ स्थित कालिका माध्यमिक विद्यालयमा मंगलबार सम्पन्न अभिभावक भेलाबाट धनबहादुर विश्वकर्मा (डिबी) सर्वसम्मतरूपमा शिक्षक-अभिभावक संघको अध्यक्ष चयन भएका छन्। विद्यालयको गुणस्तरीय विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ गठन गरिएको संघको सदस्यहरूमा गोपाल मुरी मगर, हुमबहादुर थापा, सपना राजबाहक, यशोदा विश्वकर्मा, रामु गुरुङ, बेलबहादुर केसी र सोमबहादुर श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी, शिक्षक प्रतिनिधिका रूपमा लक्ष्मी गिरी चयन भइन् भने पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहेका छन्।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले गरेका थिए। नव निर्वाचित अध्यक्ष डिबी विश्वकर्माले विद्यालयको हित र शैक्षिक गुणस्तर अभिवृद्धिमा सक्दो योगदान दिने प्रतिवद्धता जनाउँदै विद्यार्थीको संख्याभन्दा गुणस्तरीय शिक्षातर्फ केन्द्रित हुने बताए।

सो अवसरमा सहायक प्रधानाध्यापक बालकुमारी थापा, पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष तथा सल्लाहकार हेमबहादुर थापा किरणले नव निर्वाचित टोलिलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गरे। कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: