पोखरामा ध्वनि प्रदूषण फैलाउने मोटरसाइकलमाथि कडाइ, १०४ नियन्त्रणमा

Share:

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले चर्को आवाज निकालेर ध्वनि प्रदूषण फैलाउने र समाजमा अशान्ति सिर्जना गर्ने १०४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

अवैध रूपमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने, साइलेंसर बिगारेर जोरजोरले आवाज निकाल्ने, राति चर्को ध्वनि प्रदूषण गर्ने र प्रहरीसँग विवाद गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, समाजमा आतंक सिर्जना गर्ने, शान्ति-सुरक्षा खलल पार्ने र ध्वनि प्रदूषण बढाउने गतिविधिहरूबारे व्यापक जनगुनासो आएपछि असोज २७ गतेदेखि यो अभियान सञ्चालन गरिएको हो।

प्रहरीसँग विवाद गर्ने र समाजमा त्रास फैलाउने २८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये १६ जनालाई अभिभावकको जिम्मा लगाएर रिहा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: