५ एसएसपी डीआईजी बढुवामा सिफारिस

220
0
Share:

काठमाडौं । नेपाल प्रहरीको ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।

एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएको गृहमन्त्रालयले जनाएको छ। उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकबा सेवामा प्रवेश गरेकाहरू हुन्।

कमेन्ट गर्नुहोस्
Share: