
पोखरा । मुस्ताङमा लेक लागेर एक तीर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१८, भैँसेपाटी निवासी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा घरपझोङ गाउँपालिका-२, मार्फा पुगेपछि अचानक बेहोस भएका थिए।
उनीलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पतालमा भर्ना गरिएको भए पनि उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
तिमिल्सिना ललितपुरको निर्मल स्कुलमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार उच्च भू-भागमा हिँड्दा लेक लाग्ने (Altitude Sickness) समस्या देखिएपछि उनको स्वास्थ्य बिग्रिएको प्रारम्भिक अनुमान गरिएको छ।
