डिजेलको मूल्य घट्यो, पेट्रोल स्थिर

304
0
Share:

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टितेलको मूल्य घटेको छ भने पेट्रोलको मूल्य स्थिर राखिएको छ।

निगमले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार, इण्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु. ०.०३ ले वृद्धि, हवाई इन्धनमा रु. ०.८६ ले वृद्धि र डिजेलमा रु. १.१९ ले कमी आएको छ।

तर, निगमको शुक्रबार बसेको सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य यथावत् राख्दै केवल डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर रु. १ ले घटाइएको छ।

साथै, हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रति लिटर रु. १ ले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडान (काठमाडौंबाट उड्ने विमानका लागि) प्रति किलोलिटर ७ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ।

यो निर्णय शनिबारदेखि लागू हुने निगमले स्पष्ट पारेको छ।

नयाँ मूल्य लागू भएपछि ग्राहकहरूले सवारीसाधनका लागि प्रयोग हुने डिजेलमा केही राहत पाउने अपेक्षा गरिएको छ भने पेट्रोलको मूल्य भने पुरानै दरमा रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: