पोखराको हेम्जामा जुवातास खेल्दै गरेका सात जना पक्राउ

Share:

पोखरा | पोखरा महानगरपालिका-२४ हेम्जामा जुवातास खेल्दै गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेर सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले शनिबार राति करिब १२:३० बजे हेम्जास्थित एक स्थानमा जुवा खेलिरहेको अवस्थामा खेल आयोजकसहित सात जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूबाट रु.७३,२०५ नगद, चार बुक तास, र अन्य जुवातास सम्बन्धी सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले जुवा तथा सट्टेबाजी समाजमा विकृति फैलाउने कार्य भएको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: