
पोखरा। पोखरा महानगरपालिका-३० संगमपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूबीच आयोजित उक्त प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा रहेको कलात्मक प्रतिभा पहिचान गर्ने र चित्रद्वारा आफ्नो भावनालाई अभिव्यक्त गर्ने क्षमता अभिवृद्धि गर्ने रहेको विद्यालयले जनाएको छ।
प्रतियोगितामा निमिशा तिवारीले प्रथम स्थान, कृष्टीना थापाले द्वितीय स्थान, र विद्या सापकोटाले तृतीय स्थान हासिल गर्न सफल भए। यस्तै जनम परियार र अनिशा परियारले सान्त्वना पुरस्कार प्राप्त गरे।
कार्यक्रमको संयोजन विद्यालयका शिक्षक सन्देश शर्मा र कपिल अधिकारीले गरेका थिए। विद्यालयका प्रिन्सिपल प्रेमप्रसाद शर्माका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनशील सोच र कलात्मक क्षमतालाई थप निखार दिन सहयोग पुर्याउँछ।
उनले विद्यार्थीहरूलाई नियमित रूपमा सिर्जनशील गतिविधिमा संलग्न गराउने विद्यालयको लक्ष्य रहेको बताए।
