यी हुन् ‘उज्यालो नेपाल पार्टी’का ५१ सदस्यहरु

371
0
Share:

ऊर्जामन्त्री कुलमान घिसिङको भनिएको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा आफ्ना सदस्यहरुको नामावली विवरण बुझाएको छ । आयोगमा बुझाएको ५१ जनाको विवरणमा पार्टी अध्यक्षकारुपमा पूर्वऊर्जासचिव अनुप उपाध्याय रहेका छन् भने अन्य सबै सदस्य छन् ।

सदस्यको सूचिमा कलाकार रिमा विश्वकर्मासहित सुदूरपश्चिममा स्वतन्त्र सांसद ताराप्रसाद जोशी लगायत ५१ जना रहेका छन् । सदस्यहरुमा डा.सागर ढकाल, महेन्द्र लावती, टासी ल्हान्जोम सदस्य रहेका छन् । टासीको नाम सरकारमा मन्त्री बन्ने चर्चाकाबिच रोकिएको थियो ।

केन्द्रीय सदस्यमा यसअघि काठमाडौंको उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेकी विद्या श्रेष्ठ महर्जन, एमालेबाट काभ्रेको चौंरी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेर गठबन्धनसँग हारेका गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष जितराम लामा, डा.अभिशेषकुमार सिंह, राजनीतिक अभियन्ता श्री गुरुङ, पहिचानवादी राजनीतिकर्मी डा.महेन्द्र लावती, इलाममा हर्क साम्पाङका स्वतन्त्र उम्मेदवार बनेका डाकेन्द्र सिं थेगिम, डा.विशाल भण्डारी, सामाजिक अभियान्ता तथा व्यवसायी विजय कँडेल रहेका छन् ।

यस्तै डा.घनश्याम पाण्डे, डा.शंकर ढकाल, इञ्जिनियर तेजनारायण यादव, डा.राजु थापा, इञ्जिनियर निलिमा बस्नेत, इञ्जिनियर दिपेन्द्र जमरकट्टेल, सीता देवी पाण्डेय, हिरा प्रसाद सोती(किरण वि.क), सोमप्रसाद चौधरी, इञ्जिनियर अरबिन्द साह, धनबहादुर मिक्चन, कुसल गुरुङ, निर्देश सिलवाल, लाक्पा फुटी शेर्पा, सुभाष प्रधान, सरस्वती सुब्बा सरु, रामेश्वर श्रेष्ठ, मनोज लुहार, तुलसा वाइबा सदस्य रहेका छन् ।
उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।

कमेन्ट गर्नुहोस्
Share: