
पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले आधारभूत तह (कक्षा १-३) का विद्यार्थीसहितको हाजिरी-जवाफ प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। सदनात्मक प्रतिस्पर्धामा हरियो सदन ‘क’ प्रथम, निलो सदन ‘क’ द्वितीय र रातो सदन ‘ख’ तृतीय भएको क्विज मास्टर शिक्षक सपना रेग्मीले बिगखबरलाई जानकारी दिइन्।
उनका अनुसार कार्यक्रमका प्रमुख अतिथिहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा, अतिरिक्त क्रियाकलाप इन्चार्ज कृष्णप्रसाद पौडेल तथा प्राथमिक तह इन्चार्ज गोविन्द शर्मा पौडेलले विजयी तथा सहभागी विद्यार्थीलाई बधाई दिंदै नियमित रूपमा अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहित गरे।
कार्यक्रमको अध्यक्षता कक्षा २ ‘क’ की विद्यार्थी प्रिन्सा सुर्खेतीले गरेकी थिइन् भने सञ्चालन शिक्षक बिष्णुमाया गौतमले गरिन् । विद्यालयले विद्यार्थीको प्रतिभा, आत्मविश्वास र सहकार्य क्षमताको विकासका लागि यस्ता गतिविधि निरन्तर सञ्चालन गर्दै आएको जनाइएको छ।
हरियो सदन ‘क’ प्रथम
निलो सदन ‘क’ द्वितीय









