पोखराको कुमुदिनी होम्समा दुई दिने अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता

Share:

पोखरा । पोखरा–४स्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आयोजित दुई दिने तहगत अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्ययोजना अनुसार सञ्चालन गरिएको प्रतियोगितामा प्राथमिकदेखि माध्यमिक तहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

पहिलो दिन सम्पन्न प्राथमिक तथा माध्यमिक तहका प्रतिस्पर्धामा तीव्र प्रतिस्पर्धाबीच लालीगुँरास सदन दुवै तहमा प्रथम बन्न सफल भएको विद्यालयले जनाएको छ। प्राथमिक तहमा क्विज मास्टर कुसुम गुरुङको सञ्चालनमा लालीगुँरास सदनका आविष्कार लामिछाने, ओसुन द्वा, दिप्सन आचार्य र कलिष्का बस्नेत प्रथम बने भने विप्सन खनाल, समानता तिवारी, रुवि ढकाल र जेनिशा खड्का द्वितीय घोषित भए।

माध्यमिक तहमा शिक्षक अभिशेक विश्वकर्मा क्विज मास्टर थिए । यस तहमा लालीगुँरास सदनकै प्रसिद्धि थापा, प्रतीक पौडेल, रमित कुमार झा र कुशल भण्डारी प्रथम बने भने दिव्या आचार्य, सौगात गिरि, बिजल पालिखे र सक्षम गैह्रे द्वितीय स्थानमा रहे।

दोस्रो दिनको समापन समारोह विद्यालयका सह-प्राचार्य मुकेश कुमार अधिकारीको प्रमुख आतिथ्यतामा तथा आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। यस दिन अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगर क्विज मास्टर रहेको कार्यक्रममा यति सदनका प्रतिष्ठा केसी, आदित्य खत्री, श्रेयान केसी र नमराज अधिकारी प्रथम बने । कुमारी सदनका आयुष श्रेष्ठ, संस्कृति गैह्रे, स्वीकृत भण्डारी र मिखाइल तामाङ द्वितीय भएका थिए।

विजयी विद्यार्थीलाई बधाई दिँदै सह-प्राचार्य अधिकारीले विद्यार्थीको ज्ञानवृद्धिका लागि विद्यालय निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “सामान्य ज्ञानको दायरा विस्तार गर्दै अध्ययनमा अझ सक्रिय बन्नु आवश्यक छ ।” कार्यक्रम अवधिभर शिक्षक राजिब पालिखे, सन्तोष ढकाल र भुवन गुरुङले प्राविधिक सहयोग गरेको जानकारी शिक्षक सुरेन्द्र सदिच्छाले गराएका छन्। प्रतिस्पर्धा, प्रतिभा र ज्ञानको संगम बनेको यो कार्यक्रमले विद्यार्थीको आत्मविश्वास तथा बौद्धिक क्षमतामा अभूतपूर्व वृद्धि गरेको विद्यालयले विश्वास व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: