विन्ध्यवासिनी मावि बाटुलेचौरमा हाजिरी-जवाफ प्रतियोगिता, गायत्री प्रथम

Share:

पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरले आयोजना गरेको हाजिरी–जवाफ प्रतियोगितामा गायत्री आधारभूत विद्यालय, घार्मी ले शानदार प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। पोखरा महानगरपालिका-१६ र १९ भित्रका सामुदायिक विद्यालयहरूको सहभागी रहेको प्रतिस्पर्धामा विन्ध्यवासिनी मावि द्वितीय, धारा आधारभूत विद्यालय तृतीय, तथा भारतिभवन माविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। यसबारे विद्यालयका सूचना अधिकारी नविन अधिकारीले जानकारी दिएका हुन्।

विजयी विद्यार्थीलाई पोखरा शिक्षा महाशाखाका अधिकृत जीवनप्रसाद रेग्मी तथा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा अधिकृत रेग्मीले यस्ता प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै निरन्तर अवसर प्रदान गर्न विद्यालयलाई आग्रह गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक आचार्य, आधारभूत तह इन्चार्ज गोविन्द शर्मा पौडेल, शिक्षक सपना रेग्मी लगायतले विद्यालयस्तरिय प्रतियोगिताको महत्वबारे आफ्ना विचार व्यक्त गरेका थिए। कार्यक्रमको संचालन शिक्षक विष्णुमाया गौतमले गरेकी थिइन्। प्रतियोगितामा वडा १६ र १९ का सामुदायिक विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: