लेकसाइडबाट १०१ एम्पुल लागूऔषधसहित १ महिला पक्राउ

Share:

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले पोखरा-६ लेकसाइडमा लागूऔषध बिक्री-वितरण हुँदै आएको विशेष सूचनाको आधारमा छापा मार्दै एक महिलालाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो करिब १ बजेतिर गरिएको प्रहरीले छापामारीमा पोखरा-२४ कास्कीकोट घर भई हाल लेकसाइड ४ नम्बर सडकस्थित डेरामा बस्दै आएकी २३ वर्षीय आन्सी परियारलाई नियन्त्रणमा लिएको हो।

परियारको कोठाबाट डाइजेपाम ३४ एम्पुल, फेनेरागन ३३ एम्पुल र ब्रुफिनर्फिन ३४ एम्पुल गरी कुल १०१ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। साथै १ थान मोबाइल फोन पनि बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेकी परियारलाई लागू औषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखेको छ।

कास्की प्रहरीले क्षेत्रमै लागू औषध कारोबार नियन्त्रणका लागि निगरानी र सुराकी संजाल अझ सुदृढ बनाइएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: