जीवन-मरणको दोसाँधमा तनहुँका पदम: बोन म्यारो ट्रान्सप्लान्टका लागि आर्थिक अभाव, सहयोगको याचना

Share:

पोखरा। विगत १२ वर्षदेखि पोखरामा कर्मठ बजार प्रतिनिधिका रूपमा कार्यरत तनहुँका एक युवा यतिबेला जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका छन्। तनहुँको म्याग्दे गाउँपालिका-५ सिस्नेरी घर भई हाल बोन म्यारो रोगबाट ग्रसित पदम थापाले आफ्नो जीवन बचाइदिन सबैसँग भावुक अपिल गरेका हुन्।

विगत ९ महिनादेखि बिरामी रहेका थापाको उपचारमा परिवारसँग भएको चल-अचल सम्पत्ति सकिएपछि अहिले आर्थिक संकट आइलागेको छ। नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि रोग निको नभएपछि हाल उनी भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत छन्।

अस्पतालका चिकित्सकले थापाको जीवन बचाउन तत्काल ‘बोन म्यारो ट्रान्सप्लान्ट’ गर्नुपर्ने सुझाव दिएका छन्। तर, यसका लागि ठूलो धनराशि आवश्यक पर्ने र परिवारसँग आर्थिक स्रोत रित्तिएपछि उनीहरू चिन्तित बनेका छन्।

“भएको सम्पत्ति नेपालमै उपचार गर्दा सकियो, अब ट्रान्सप्लान्ट गर्न पैसा छैन,” थापाले अस्पतालको शय्याबाट भने, “सहयोगी मनहरूले साथ दिए म बाँच्ने थिएँ, मलाई नयाँ जीवन दिनुहोस्।”

बिरामी पर्नुअघि थापा विगत १२ वर्षदेखि बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुङ्गा ट्रेडिङ प्रालि, नयाँबजार (पोखरा) मा बजार प्रतिनिधिको रूपमा कार्यरत थिए। एक इमानदार र परिश्रमी कर्मचारीका रूपमा चिनिने थापा एकाएक गम्भीर रोगको शिकार भएपछि उनको परिवारमा बज्रपात परेको छ।

उपचार खर्च जुटाउन नसकेपछि पीडित परिवारले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगको आग्रह गरेको छ। सहयोग गर्न चाहनेहरूका लागि पोखराको नयाँबजारस्थित माछापुच्छ्रे बैंकमा पीडितकै नाममा खाता सञ्चालन गरिएको छ।

बैंक खाता विवरण:
बैंक: माछापुच्छ्रे बैंक, नयाँबजार शाखा, पोखरा
खातावालाको नाम: पदम थापा (Padam Thapa)
खाता नम्बर:…………

कमेन्ट गर्नुहोस्
Share: