पोखरामा पोखरा हर्बल होम्सको नयाँ शोरुम सञ्चालन, ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयलप्रति बढ्दो ग्राहक आकर्षण

Share:

पोखरा। लामो समयदेखि पोखरामा हर्बल प्रोडक्टमार्फत ग्राहकको विश्वास जित्दै आएको पोखरा हर्बल होम्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कपालसम्बन्धी समस्याबाट पीडित ग्राहकलाई लक्षित गर्दै संस्थाले ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल पोखरामा भित्र्याएको हो। पोखरा हर्बल होम्सका सञ्चालक कुमार प्रसाद बरालका अनुसार भारतको कर्नाटक राज्यका आदिवासी समुदायले करिब १०८ प्रकारका जडिबुटी मिसाएर हातैले तयार पारेको यो तेल नेपालमा इम्पोर्ट गरी बिक्री वितरण थालिएको हो।

केही समयदेखि पोखरामा बिक्री भइरहेको उक्त तेल प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया आउन थालेपछि ग्राहकलाई थप सहज सेवा दिन न्युरोडस्थित शोरुम सञ्चालनमा ल्याइएको बरालले जानकारी दिए। उनका अनुसार यो तेल पोखराका विभिन्न कस्मेटिक पसलमा पनि उपलब्ध छ। “कपाल झर्ने, फुस्रो हुने, टाउको चिलाउने जस्ता समस्याको समाधानका लागि यो तेल प्रभावकारी देखिएको छ,” बरालले भने, “नियमित प्रयोग गरेमा करिब ६ महिनामा स्पष्ट नतिजा देखिने प्रयोगकर्ताको अनुभव छ।”

ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयलको मूल्य २५० एमएलमा एमआरपी १ सय ५०० रहेका छ । ५०० एमएलमा एमआरपी २ हजार ८०० रहेको छ । यसै श्रृंखलाको हर्बल स्याम्पु पनि गुणस्तरीय रहेको उनले बताए। यसैगरी, नेपालभर वितरण गरिरहेको त्रिलोकी इन्टरनेशनलका सञ्चालक योगेश बर्णवालका अनुसार पोखरा, काठमाडौं, जनकपुर, वीरगञ्ज, चितवन, बुटवलसहित देशका ८ स्थानमा शोरुम सञ्चालनमा आइसकेका छन्। उनका अनुसार एक वर्षअघि बजारमा आएको यो प्रोडक्टबाट अधिकांश प्रयोगकर्ता सन्तुष्ट देखिएका छन्।

“यो आदिवासी समुदायले परम्परागत विधिबाट बनाएको होम-मेड हर्बल प्रोडक्ट हो, जसले कपाल झर्ने समस्या कम गर्न मद्दत गर्छ,” बर्णवालले दाबी गरे। पोखरास्थित शोरुमको औपचारिक उद्घाटन भने केही समयपछि गरिने तयारी रहेको सञ्चालक बरालले बताए। पछिल्ला दिनमा प्राकृतिक र हर्बल प्रोडक्टप्रति ग्राहकको आकर्षण तीव्र रूपमा बढिरहेको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: