
काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना केहीबेरमा सुरु हुँदैछ। निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेका अनुसार मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु भएको छ।
एमाले महाधिवेशनका २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका हुन्। मतदानमाा ३६ अनुपस्थित भए।
निर्वाचन आयोगका अनुसार पार्टीको ११ औं महाधिवेशनमा ९८.०४ प्रतिशत मत खसेको छ। महाधिवेशनमा केही प्रतिनिधि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् भने केही प्रतिनिधि मतदान गर्न नै गएनन्।
महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर मैदानमा छन्।
कमेन्ट गर्नुहोस्
