जनप्रकाश मावि र डायमण्ड सेकेण्डरी फाइनलमा, हिमालय क्रिकेट एकेडेमी कप यु-१६ टि-२० प्रतियोगिता

Share:

पोखरा। पोखरा क्रिकेट मैदानमा जारी हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु-१६ अन्तरविद्यालय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा फाइनलको यात्रा तय गर्ने दुई टोली अन्तिम रूप लिए। जनप्रकाश मावि र डायमण्ड सेकेण्डरी स्कूल शनिबार सम्पन्न सेमिफाइनल खेलमा विजयी बनेर फाइनलमा प्रवेश गरेका हुन्।

पहिलो सेमिफाइनलमा जनप्रकाश मावि ले हिमालयन स्कूल लाई पराजित गरेको थियो। टस जितेर फिल्डिङ रोजेको हिमालयनले २० ओभरमा १० विकेटको क्षतिमा ९४ रन बनाउन सफल भयो। हिमालयनका आयुष पनेरु, शिवम श्रेष्ठ र आयुष पौडेल ले क्रमशः १६, १२ र १० रन बनाए। जवाफी ब्याटिङमा उत्रेको जनप्रकाशले १६.१ ओभरमा ७ विकेट गुमाएर ९८ रन बनाएर लक्ष्य भेट्यो।

क्यामल थापा ले ३२ बलमा २० रन र हिमाल आचार्य ले १० बलमा १४ रनको योगदान दिए। बलिङतर्फ हिमाल आचार्यले ४ ओभरमा ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे र प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो सेमिफाइनलमा डायमण्ड सेकेण्डरी ले प्रतिभा सेकेण्डरी लाई हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो। टस जितेर बलिङ रोजेको डायमण्डले प्रतिभालाई १३.१ ओभरमा १० विकेटमा ३८ रनमा सीमित गर्यो। जवाफी ब्याटिङमा ४.३ ओभरमा २ विकेटको नोक्सानीमा ३९ रन बनाउँदै लक्ष्य पुरा गर्यो। सुशान्त तिवारी ले १७ बलमा २९ रन बनाउँदै टोलीलाई जित दिलाए र प्लेयर अफ द म्याच घोषित भए।

फाइनल खेल आइतबार पोखरा क्रिकेट मैदानमा बिहान ११ बजे हुने कार्यक्रम तय गरिएको छ। जनप्रकाश मावि र डायमण्ड सेकेण्डरी बीच हुने भिडन्तले दर्शकलाई रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: