पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

Share:

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै देशभर आंशिक बदली रहेको जनाएको छ ।

आज दिउँसो र राति देशभरको मौसम साधारणतया सफा रहनेछ । तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु रकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आकाशमा बादल देखा परे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: